चैत मसान्तसम्ममा चार हजार भन्दा बढी शिक्षकको पद रिक्त हुने।     भूकम्प प्रभावित क्षेत्रमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु

  नेताका कारण दरबन्दी लुकाउने खेल हुने रहेछ  

यस वेभसाईटमा बिज्ञापन दिनुभएका सेवाग्राहीहरुले Open link मा Click गरी भुक्तानी गरिदिनुहोला ।

Open link » 1 Open link » 2

दरबन्दी लुकाउने खेल हुने रहेछ ✍️

शिक्षकसेवा आयोगले हरेक वर्ष बिज्ञापन गरी शिक्षक नियुक्तिको सिफारिस गर्दै आइरहेको मात्र हैन नियुक्ति प्रक्रियालाई बैज्ञानिक र पारदर्शी बनाउन नयाँ बिधिहरु अवलम्बन गर्दै पनि आइरहेको छ । आन्तरिक र खुल्ला प्रतियोगिताको बिज्ञापनको लागि शिक्षक सेवा आयोगलाई बर्षेनी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी यकिन गरी उपलब्ध गराउनु पर्ने हुन्छ । चैत मसान्तसम्ममा चार हजार भन्दा बढी शिक्षकको पद रिक्त हुनेसमाचार पनि बाहिर आइसकेको छ तर देशभरी कति दरबन्दी रिक्त भएका छन् भन्ने तथ्याङ्क केन्द्रसँग हुँदैन । नत अनुगमननै हुन्छ । यही विषयमा शिक्षा पत्रकार प्रकृति अधिकारीको अनुभव र भनाईलाई यहाँ जस्ताको तस्तै राखिएको छ । पढेर कमेन्ट गर्नुहोला

गत वर्ष शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई रिक्त दरबन्दी शिक्षकको विवरण पठायो । मैले त्यसलाई सार्वजनिक गर्न चाहेँ । आयोगले केन्द्रले उपलब्ध गराउनुपर्ने भएकाले केन्द्रसँग माग्नुस् भन्यो । केन्द्रले विवरण उपलब्ध गराउन नसकिने जवाफ दियो । धेरै प्रयास गरियो तर केन्द्रका जिम्मेवार कुनै पनि पदाधिकारीले दिनै चाहेनन् । त्योभित्र त ठूलो खेल रहेछ भन्ने बल्ल केही दिन अघि थाहा पाएँ । तीमध्येका केही जिम्मेवार पदाधिकारी अहिले पनि केन्द्रमा कार्यरत छन् । आवश्यक परेमा कुनै दिन तिनका नाम पनि सार्वजनिक गरौंला ।

केही दिनअधि शिक्षक सेवा आयोगका अध्यक्ष मधु रेग्मीले मलाई भेट्न बोलाउनु भयो । म आयोग पुगेँ । उहाँले भन्नुभएको कुरा सुनौँ, "गत साल शिविमास्रोकेले विवरण उपलब्ध गराएका आधारमा आयोगले विज्ञापन माग गर्‍यो । कानुनी व्यवस्था र चलन नै यही हो । पछि त सांसदसहित हुलकाहुल मानिस जिल्लाहरुबाट आउन थाले । कतिपय जिल्लाको विवरण नै पठाइएको रहेनछ जबकि त्यहाँ रिक्त शिक्षक थुप्रै थिए । सम्बन्धित जिल्लामा बुझ्दा थाहा भयो । शिक्षाका कर्मचारी वा नगर प्रमुख वा नेताका कारण दरबन्दी लुकाउने खेल हुने रहेछ । त्यसैले यसपटक त्यस्तो ने खेल हुन नदिन हामीसबैले पनि दबाब दिनुपर्यो ।" सबैको दबाब जरुरी छ । ।

सावधान

  लुम्बिनी वर्ल्ड स्कुलमा साहित्यिक महोत्सव सम्पन्न 

लुम्बिनी वर्ल्ड स्कुलले यसै दशैँ – तिहार बीचको उमङ्गमय समयको अवसर पारेर आफ्नो पहिलो साहित्यिक महोत्सव सम्पन्न गरेको छ । प्री देखि कक्षा नौ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको उक्त महोत्सव दुई हप्ता सम्म सञ्चालन गरिएको थियो । विद्यालयमा साहित्यिक माहोल तयार गरी विद्यार्थीहरूलाई विभिन्न रचनात्मक कार्यहरूमा सामेल गराइएको थियो ।

  नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने शिक्षक उपर मुद्दा 

७ मंसिर – अख्तियार अनुसन्धान आयोगले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं. ४ स्थित मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कडेल विरुद्ध शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र प्रयोग गरेको आरोपमा मुद्दा दाउर गरेको छ ।कडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको र नक्कली प्रमाणपत्रको आधारमा शिक्षक पदमा नियुक्त भएकोले आवश्यक कारबाहीका लागि उजुरी परेपछि अनुसन्धान हुँदा झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रा.वि. राहत शिक्षक पदमा कार्यरत रही लाभ लिएको पाइएको छ ।

मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कडेलले साबिक श्री मुक्तिधाम प्राथमिक विद्यालय, मिनमिनवा–९, विष्णुपुरा, रुपन्देहीमा प्रा.वि. राहत कोटको शिक्षक दरबन्दीमा नियुक्ति हुनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको हाई स्कूल परीक्षा तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रा.वि. राहत शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको आयोगले जनाएको छ । साथै निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ. ऐनको दफा १६ को उपदफा (१) वमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

ताजा अपडेट
  • brp
  • फेसबुक
  • ट्वीटर
  • यूट्युब
  • Copyright © All right reserved to https://shamser.info.np Site By: .